जन आकाश
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३ डी सुविधा थप गरेको छ ।
नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ ।
यस प्रत्रिया अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (OTP) प्राप्त गर्नेछन्र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।
यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend