जन आकाश
काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा दाउन्ने एग्रो फार्म लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिनोद पोखरेल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरी उक्त सम्झौताको औपचारिक्ता दिएका हुन ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्म लिमिटेडको साधारण शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । दाउन्ने एग्रो फार्म वि.स. २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनीे हो जसले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वाताअनुकुलित प्रविधिको प्रयोग गरी कुल ४,००,००० लेयर्स कुखुराबाट प्रति दिन १७०० कार्टुन “एन्टिबायोटिक फ्री” एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश शहरी, अर्ध शहरी, एवम् पर्यट्कीय क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ ।
साथै कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरुलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको भ्च्ए सफ्टवेयर प्रयोगमा ल्याएको छ जसबाट कम्पनीद्वारा उत्पादित अन्डाको प्रति इकाई लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापन लगाएतका सम्पूर्ण गतिविधिहरुलाई निगरानी राख्ने गरिएको छ । उक्त फार्मले भविष्यमा कुल ६,००,००० कुखुराबाट प्रति दिन २,६०० कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ ।
दाउन्ने एग्रो फार्म विनयी त्रिवेणी गाँउपालिका वडा नं. ३, सर्दी, नवलपुर जिल्ला, गण्डकी प्रदेशमा अवस्थित छ । सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेड अन्र्तगतको नेपाल अपरच्युनिटी फन्ड – १ को समेत लगानी रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडले कम्पनीलाई शेयर निष्काशन सम्बन्धी परामर्श र नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात प्रारम्भिक शेयर निष्काशन (IPO) को निष्काशन प्रबन्ध गर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend