जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।
उनले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाएका छन् । पार्टीबाट नै राजीनामा दिएका होइनन् , रास्वपा स्रोतले भन्यो । न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे । तर अचेल रास्वपा पार्टीवाट केही न केही बाहाना बनाएर पार्टी छोड्नेको लर्को बढ्दै गएको देखिन्छ । यज्ञमणि न्यौपानेले पनि सम्भवत पार्टीवाट विदा लिन खोजेको जानकारहरुले बताएका छन् । पछिल्लो समय रास्वपाले सरकारमा जादा जनताको पक्षमा उल्लेखनिय काम केही पनि गर्न नसकेको रवि लामिछाने सरकारी ठडि काण्डमा मुुछिएको जस्ता कुराहरुले पार्टीको ओज धमिलिदै जान थालेपछि केही समयका लागि स्वार्थमा लिप्त मानिसहरु एकपछि अर्को गर्दै बाहिरिन थालेका छन् । मुकुुल ढकाललाई पार्टीले कारवाही गरेपछि ओरालो लागेको रास्वपामा यतिवेला पैरो नै गएको छ ।
कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । पार्टी सभापति रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री हुदा कानूूनी सल्लाहकार समेत रहेका न्यौपानेको राजिनामाले रास्वपाको ओरालो यात्रालाई झनै तिव्रता दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend