logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भुजी लिग फुटबलको उपाधि फाइनल आज कस्ले मार्ला बाजी ?


  • जन आकाश
  • शुक्रबार, कार्तिक ९ २०८१

रामेछापः ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ अन्तर्गत आज उपाधिका लागि लिखु भुजी रामेछाप (LIBHURA) र लिखु भुजी रामेछाप युथ क्लव (LBRYC) भिड्ने भएका छन् ।



सेमिफाईनलको खेल निकै नै प्रतिष्पर्धात्मक बनेको थियो । जसमा दुवै टोलिलाई फाईनल पुग्नका लागि नतिजा पेनाल्टी सुटआउटबाट निस्केको थियो । जसमा लिखु भुजी रामेछाप (LIBHURA) ले पवित्र युवा क्लव (PYC) लाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पाखा लगायो भने लिखु भुजी रामेछाप युथ क्लव (LBRYC) ले एनवाईसी रामेछाप (NYC) लाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

त्यस्तै यसअघि तृतीय स्थानका लागि भएको भिडन्तमा एनवाईसी रामेछाप (NYC) लाई १-० गोल अन्तरले पराजित पवित्र युवा क्लव (PYC) तृतीय भयो उसले कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्यो ।

चार समुह विभाजित लिग फुटबल प्रतियोगितामा १४ टोलिको सहभागीता रहेको थियो । लिग विजेताले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिगको उपविजेताले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगितामा महिला टोलिले पनि प्रतिष्पर्धा गरेको थियो जसमा ५ टोलिको सहभागीता रहेको थियो । उपाधिका लागि आयोजक फुटबल क्लव भुजी महिला टोलिले पीवाईसी खिजी देम्बासँग प्रतिष्पर्धा गर्नेछ । आयोजक फुटबल क्लब भुजीले रगनीलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने पीवाईसी खिजी देम्बाले फलाटेलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

महिला टोलीका विजेताले पदक र प्रमाण-पत्र सहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पदक र प्रमाण-पत्र सहित नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend