जन आकाश
काठमाडौ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा यही कार्तिक १० र ११ गते काठमाडौको आनान्द होटलमा प्रधानमन्त्री केपी शर्माको प्रमुख अतिथ्यमा र बिभिन्न विशिष्ट साहित्य साधकहरुको आतिथ्यमा जस्तैः सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ, आयामेली तथा पूर्व कुलपति बैरागी काइँला, वरिष्ठ साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वरिष्ठ लेखक तथा साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बा, वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ विद्धान प्रा.डा. गोविन्दराज भट्टराई, पूर्व राजदूत भीम उदास, पूर्व राजदूत मीलनराज तुलाधर, त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपाने, असमबाट प्रा.डा. देवेन सापकोटा, दार्जिलिङबाट प्रा.डा. राजकुमार क्षेत्री, खरसाङ्बाट प्रा.डा. योगेश खाती, वरिष्ठ कवि लेखक प्राज्ञ शशी लुमुम्बु, गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री के.सी. सिक्किमबाट वरिष्ठ साहित्यकार बिरु वाङ्देल, बेलायतबाट विनेसामका पूर्व अध्यक्ष विश्वासदीप तिगेला, वरिष्ठ कवि साहित्यकार मोमिला जोशी, वरिष्ठ कवि विप्लव प्रतीकल दर्जनौँ विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मानित पनि गरिएको छ ।

विशिष्ट साहित्य साधक तथा सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई नेपाली भाषा (साहित्यको उन्नयन र विकासका सन्दर्भमा अमूल्य योगदान दिएको भनि महासङ्घका तर्फबाट “शिखर साहित्य अभिनन्दन” गरिएको थियो ।
त्यसैगरी ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा गरिने ८ साहित्यदूत सम्मान साहित्यदूत सगरमाथा ( प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ कुलपति त्रिपुरा विश्वविद्यालय, भारतलाई दिएको थियो । साहित्यदूत कन्चनजंघा आराही ( प्रा.डा.सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ लाई अर्पण गरिएको थियो साहित्यदूत ल्होत्से आरोही (डा.शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति, दिल्लीलाई अर्पण गरिएको थियो । साहित्यदूत मकालु ( प्रा.डा. कृष्णप्रसाद घिमिरेलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । अर्घाखाँची, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा पूर्व विभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग लगायतका साहित्यकार, समाजसेवी लगायत सम्मानित भएका थिए । साहित्यदूत चोयु( प्राध्यापक भारती लिम्बू, थाइलैण्ड, साहित्यदूत धौलागिरी( शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ ,साहित्यदूत मनास्लु( श्री विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा(प्रतिष्ठान, स्याङ्जा, साहित्यदूत अन्नपूर्ण( श्री इच्छाराम गुरागाईं, वर्मा
त्यसैगरी विनेसाम सद्भावना सम्मानः भारतीय नागरिकहरूः पद्मश्री डा. येसे दोर्जे थोङ्सी , भारत असमीया साहित्यकार, डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार), डा.प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार)
चिनीया नागरिकहरूः प्रा.डा. वाङ् जोङ्,प्रमुख, दक्षिण एसिया भाषा विभाग युनान् विश्वविद्यालय, कुनमिङ्, चीन प्रा.डा.छिङ् युन्नि र्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र,अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय बेइजिङ, चीन, झाङ् युई प्रमुख, सीसीटिभी ब्युरो अफिस ।
जापानिज नागरिकः श्री युको ओकामोता,वाको विश्वविद्यालय, टोकियो जापान ।
बंगलादेशी नागरिकः सुल्तान अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य)
विनेसाम, अरनिको सम्मानः चेतनाथ आचार्य, चीन, विनेसाम उत्कृष्ट सदस्य कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज,विनेसाम, नेपाल शाखाको उत्कृष्ट प्रदेश लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल लगायत सम्मानित व्याक्तित्वहरु रहेका थिए ।
त्यसैगरी पुरस्कृत हुने स्रष्टाहरूमा वर्षको उत्कृष्ट पर्या कविता तर्फ किशन पौडेल, हेटौँडा प्रथम (रु १५,००० र प्रमाणपत्र, समीप बैरागी, रोल्पा द्वितीय – रु १०,००० र प्रमाणपत्र, भारती न्यौपाने, काठमाडौँ तृतीय( रु ५,००० र प्रमाणपत्र पुरुस्कृत भएका थिए ।
विश्वका विभिन्न देशको सहभागिता रहको उक्त कार्यक्रममा एकै साथ १४ वटा पुस्तकहरूको सामुहिक लोकार्पण पनि गरिएको थियो । एकैसाथ लोकार्पण भएका १४ वटा पुस्तकहरू यस प्रकार रहेका छन् । विश्व नेपाली साहित्य महासङ्घको नियमित प्रकाशन साहित्य संसार साहित्यिक वार्षिक, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको मुखपत्र नेपाल दर्पण, विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशको मुखपत्र लुम्बिनी दर्पण, विश्व नेपाली साहित्य महासङ्घ कर्णाली प्रदेशको मुखपत्र कर्णाली दर्पण, विनेसामको प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कविता सङ्ग्रह बुद्धको देशमा, विनेसामको प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति कल्पध्वनी, विनेसामको प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा.केबि पौडेलको मेरो कथा,
विनेसाम भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको कृति काव्यप्रेक्षण, विनेसामको प्रकाशन लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको कृति बाँकेका नारी स्रष्टा र सिर्जना, विनेसामको प्रकाशन लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको कृति इन्दु,कल्पना फाउन्डेशनको कल्पाङ्कुर, विनेसामको प्रकाशन हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कविता सङ्ग्रह धूप(छांव, शिखरकवि शैलेन्द्र साकारको साकार समय, शिखरकवि शैलेन्द्र साकारको मनको कुनै कुना उल्लेखित नामका कृति एकैसाथ प्रमुख अतिथि र विशिष्ट अतिथिहरुको हातवाट गरिएको थियो ।
कार्यक्रम नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान” मूल नाराकासाथ आयोजना गरिएको हुनाले यो मूल विषयमा प्रा.डा.गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसमाथि प्रा.डा. राजकुमार क्षेत्रीले आफ्नो धारणा राखेका थिए । त्यसैगरी अहिलेको जल्दोबल्दो विषय इको सिस्टम समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहेका असमका प्रा.डा. देवेन सापकोटाले पर्या कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा(प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरू लगायतको बाक्लो उपस्थिति रहको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend