जन आकाश
काठमाडौ । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन अवसरमा नवनिर्वाचित नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुद्वारा मिति २०८१ साल कार्तिक महिना १४ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल समक्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेलको लगायतको उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रामेन्द्र रायमाझी लगायतका कार्य समिति सदस्यहरुले पूँजी बजारको समसामयिक विषय एवं सुधार सम्बन्धी विषयहरुमा अध्यक्षसंग विचार विमर्श गरेका थिए ।
साथै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले शुभकामना आदान प्रदान अवसरमा भएको कार्यक्रममा मर्चेन्ट बैंकर्सहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend