logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

२०८१ को छठ पर्व सुर्यलाई अर्घ दिएर सम्पन्न


  • जन आकाश
  • शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौ ।२०८१ को छठ पर्व सुर्यलाई अर्घ दिएर सम्पन्न भएकाे छ ।  विशेष गरेर तराई समुदायले मान्ने गरेको छठ पर्वका अनुनायीहरुले सुर्यलाई अर्घ दिएर सम्पन्न गरेका छन् । काठमाडौ उपत्यकामा पोखरी तथा नदी किनारमा बेलुका सुर्य अस्त हुनुभन्दा अगाडी सुर्यलाई अर्घ दिएर ब्रतालुहरु जाग्राम बसेका थिए । आज विहान ६ः१० मिनेट जादा सुर्यदय भएको र बादल लागेका कारण सुर्यदय नदेखिएको कारण यतिवेलासम्म बागमती किनारमा जाग्राम बसेका ब्रतालुहरुले अझै बागमती नदी छोडेका छैनन् । नेपालका तराईका जिल्लाहरुमा भव्यताका साथ उपत्यकामा जस्तै मनाइएको छ ।



विगत वर्षहरुमा तराईका समुदायहरुले मात्र मनाउदै आएको छठ पर्व पछिल्लो समय हिमाली, पाहाडी सवै नेपालीहरुले सदभावको पर्वको रुपमा मनाउदै आएका छन् ।

तस्विरहरु मोहनः कार्की

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend