logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

स्मार्टच्वाईस टेक्नोलोजिज (SCT) र स्मार्टकार्ड नेपाल (MyPay) बिच सम्झौता


  • जन आकाश
  • आइतबार, कार्तिक २५ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजि लिमिटेड (SCT) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (MyPay Wallet)  बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झैता सम्पन्न भएको छ ।



यस सम्झैता पश्चात माई पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा SCT का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनोज घिमिरे र (MyPay) का तर्फबाट प्रमुखकार्यकारी अधिकृत  मनोज मेहताले सेवा सञ्चालन सम्झैता हस्ताक्षर गर्नुभयो ।

स्मार्ट क्युआर (MyPay ) मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend