logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म “तेल भिसा” को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • आइतबार, कार्तिक २५ २०८१

काठमाडौं । फिल्म “तेल भिसा” को ट्रेलर सार्वजनिक भएको छ।



शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा नेपालमा रहेका आमाबुबा र विदेशमा रहेका छोराबुहारीको कथा देखाइएको छ।

नेपालमा रहेकी आमा छोरा र गर्भवती बुहारीलाई भेट्न अमेरिका पुग्छिन्। त्यहाँ उनी अप्रत्याशित कानुनी झमेलामा परेको ट्रेलरमा देखाइएको छ।

यसमा अभिनेता विपिन कार्कीले वृद्ध र जवान गरी दुईवटा फरक चरित्र निर्वाह गरेका छन्। उनीहरू बाबु–छोराको भूमिकामा छन्। वृद्ध विपिनको जोडीका रूपमा अभिनेत्री पूजा चन्द छिन्। जवान विपिनको जोडीमा अभिनेत्री वर्षा राउतको अभिनय छ। फिल्ममा ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सेस शर्मन, ज्याक बेल, सुचित्रा उप्रेती लगायत कलाकारहरूले पनि शीर्ष भूमिकामा अभिनय गरेका छन्।

ऋचा घिमिरेको प्रस्तुति रहेको “तेल भिसा” मा शंकर घिमिरेको लेखन तथा निर्देशन छ। फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र अजय खड्काको सम्पादन छ।

 

 

,

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend