logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एभरेष्ट बैंक र एनसीएचएलबीच सम्झौता


  • जन आकाश
  • सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत (NEPALPAY) मर्चेन्टहरुका QR मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।



उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको हो ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका (NEPALPAY QR)  तथा यसका (interoperable QR) को मर्चेन्ट QR मा Alipay+को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका NEPALPAY QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

Alipay+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, 9 करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney,Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

Alipay+ ले International Payment Partner का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको Nepal QR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल NEPALPAY QR को नेटवर्क मा ८५०,००० भन्दा बढि (Interoperable QR) मर्चेन्टहरु आबद्ध रहेका छन् ।

एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपाल बाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend