जन आकाश
काठमाडौं ।सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजिको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।
कर्जाको सुचि
निष्क्रिय कर्जा १.७२ प्रतिसत, पुँजीकोष १३.२१ प्रतिसत, तरलता २९.२१ प्रतिसत, कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.५३ प्रतिसत सानिमा बैंकले साधारण सभामा पेश गरेको सुचि हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend