logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सोह्रखुट्टे, नयाँबजारमा नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन


  • जन आकाश
  • बिहिबार, मंसिर ६ २०८१

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कं. लि. घण्टाघरको संयोजनमा बीमा सचेतना कार्यक्रम तथा बरिष्ठ व्यवसाय प्रवन्धक छविलाल श्रेष्ठको नेतृत्वमा एजेन्सी कार्यालय उद्घाटन सम्पन्न गरिएको छ ।



काठमाडौको सोह्रखुट्टे नयाँबजारमा एक कार्यक्रमको आयोजना गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनि बागमती प्रदेश प्रमुख जयराम धितालद्वारा रिवन काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।कार्यक्रममा वरिष्ठ व्यवसाय प्रवन्धक पुष्कर पाण्डेले अभ्यागतहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रम नेशनल लाइफ बागमती प्रदेश प्रमुख जयराम धितालको प्रमुख अतिथिमा भएको हो। प्रमुख अतिथिले बिमा क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा क्रियाशील रहनु भएका छविलाल श्रेष्ठको सक्रियतामा खुलेको एजेन्सी कार्यालयले स्थानीय सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गर्दै ग्राहक तथा कम्पनीका बीचमा सेतुको काम गर्न सहजता प्रदान गर्नुका साथै थप उन्नति प्रगति गर्न सक्नुहुन्छ भन्ने भनाइ राख्दै बधाई तथा शुभकामना दिएका छन् ।

कार्याक्रममा नेशनल लाइफका क्षेत्रीय प्रवन्धक सुमोद थापा, तथा नेशनल लाइफका सर्वाधिक लोकप्रिय रहेका वरिष्ठ व्यवसाय प्रवन्धक जिवन केसी लगायतले शुभकामना मन्तव्य राख्दै बधाई दिएका थिए।जयराम बिडारीद्वारा संचालन गरिएको सो कार्यक्रम सभ्य एवम भव्य रुपमा सम्पन्न भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend