जन आकाश
विनोद कार्की । रामचन्द्र खड्काद्धारा लिखित प्रेमिल अनुभूति गजल सग्रह आज काठमाडौको भृकुटी मण्डपस्थित रिपोटर्स क्लबमा एक कार्यक्रम समारोहको आयोजना गरी सार्वजनिक गरिएको छ ।
त्यस समारोह कार्यक्रममा जन आकाश मिडियाका अध्यक्ष तथा साहित्यकार, सञ्चारकर्मी मोहन कार्कीले उक्त प्रेमिलका अनुभूति नामक कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा विशेष अतिथिको रुपमा निम्त्याइएका कार्कीले प्रमुख अतिथि वन तथा वातावरण मन्त्रीलाई बोलाईएको थियो तर उक्त कार्यक्रममा वनमन्त्री नआएपछि विशेष अतिथिको रुपमा आएका पत्रकार कार्कीको हातवाट गजल बाचन गरी लोकार्पण गरिएको हो ।
प्रमुख अतिथिको भूमिका निर्वाह गरेका मोहन कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य क्षेत्र सत्यता र फराकिलो हुन्छ । राष्ट्रको वेला वेलामा विग्रने थितिलाई साहित्यको माध्यमवाट खबदारी गरी सचिन र सभ्य समाज निर्माण गर्न मद्दत पुग्छ । असल काम एउटावाट नै शुरु हुने हो । लेखक रामचन्द्र खड्काले असल कार्य गर्नुभएको छ भनि विशेष अतिथि कार्कीले प्रशंसा गरेका थिए ।
कार्यक्रममा बिभिन्न व्यातित्वहरुको आतिथ्य रहेको थियो इन्जिनियर इश्वर खड्का, गीतकार तथा साहित्यकार दीपक भट्ट, रिपोर्टस क्लबका उपाध्यक्ष राम कुमार क्षेत्री, ईन्दिरा खड्का, अनिता खडका लगायतले शुभकामना दिएका थिए ।
भने ईन्दिरा खड्काले गीत गायर कार्यक्रमलाई मनोरञ्जन समेत प्रदान गरेकी थिइन । लेखक रामचन्द्रकी बहिनी अनिताले कार्यक्रममा बोल्दै मेरा ५ भाई दाईहरु मेरा प्रेरेणाका स्रोत हुन म पनि गजल लेख्ने गरेकी छु । भन्दै मिठो स्वरमा दाईले लेखेको गजल गायर सुनाएकी थिइन ।
कार्यक्रमको सञ्चालन स्रष्टा तथा गायक बिजेन्द्र नौबागेले उत्कृष्ट ढंगवाट सञ्चालन गरेका थिए ।
लेखक तथा कार्यक्रमको सभापति समेत रहेका रामचन्द्र खड्काले आफ्नो विगतका सर्घष सुनाउदै गजल लेख्छु भनेर नलेखेको तर लेख्दै जादा पछि सवैले मन पराई सवैले कृति निकाल्न आग्रह गर्नुभएको हुनाले प्रकाशन गर्न अलमलिई रहेको वेला जन आकाशका मोहन कार्कीसँग भेट भएपछि उत्साह भरिदिनु भयो त्यसपछि छोटो समयमा नै यो कृति प्रकाशन गर्न सफल भएको छु । भन्दै कार्यक्रममा आएका सवै अतिथि, सञ्चारकर्मी लगायतलाई धन्यवाद दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend