logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीद्वारा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षसँग भेटघाट


  • जन आकाश
  • शुक्रबार, मंसिर १४ २०८१

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरु द्वारा मिति २०८१ साल मंसिर महिना १३ गते नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष  सन्तोष नारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।



ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष  रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष  मनिष नारायण जोशी, महासचिव  निर्मल भट्टराई, कोषाध्यक्ष  शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की एवं  पुष्प शर्माको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष  रामेन्द्र रायमाझी लगायतका कार्य समिति सदस्यहरुले समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानी कर्ताको हक हित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधि मैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

साथै, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष  सन्तोष नारायण श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend