logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

श्रष्टा विशेषका रुपमा अनिता लामाका आधा दर्जन सिर्जना गुञ्जिए सुप्रभात काव्य गोष्ठी नागार्जुनमा


  • जन आकाश
  • बुधबार, मंसिर १९ २०८१

जयराम बिडारी ।



काठमाडौ । हरेक महिनाको तेस्रो शनिवारका दिन नियमित रुपमा सम्पन्न गरिने नागार्जुन वाङ्मय प्रतिष्ठानको शुप्रभात काव्य गोष्ठीमा कवि, साहित्यकार तथा जनप्रतिनिधिका रुपमा परिचित अनिता लामाकाा आधा दर्जन सिर्जना सहित तीन दर्जन साहित्यकारका सिर्जना प्रस्तुत गरिएका छन् ।

इजी वे बचत तथा ऋण सहकारी संस्थाको हल अद्वैतमार्ग, बागबजारमा आयोजित कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि प्रा.डा.जीबेन्द्रदेब गिरी, प्रलेसकी उपाध्यक्ष नमुना शर्मा कवि डम्बर एलाक,संस्थापक अध्यक्ष वैरागी जेठा लगायत तीन दर्जन साहियानुरागी हरुको उपस्थितिमा सो कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा समिक्षकको भूमिकामा रहेका सुवेदीले औपचारिक रुपमा पहिलो पटक अनिता लामाका कविता श्रवण गर्ने अवसर जुटेको उल्लेख गर्दै कविको क्षमता उस्को सृजनामा हुने विचार व्यक्त गरे । समीक्षा विना पनि एक कवि आफ्नो काव्यिक यात्रा निरन्तर गरिरहन्छ चर्चा परिचर्चाको लोभ बिना पनि भन्दै लामो समयदेखि सिर्जनात्मक रुपमा सक्रिय लामाको सिर्जनाशीलता त्यत्तिकै सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै समग्रतामा वाचित रचनाहरुको समिक्षा गरे । उनले साहित्यमा प्रयुक्त हुने लोक छन्द,मुक्त छन्द तथा शास्त्रीय छन्दमा कविता वाचन गरिनु राम्रो कुरा भएको बताउँदै लोक छन्द राजमति छन्द,मुन्धुम छन्द लगायत झ्याउरे छन्दमा समेत बहार आउनु सन्तोषरो विषय रहेको बताए । साथै उनले गजलको शास्त्रीय परंपरालाई अतिवादको रुपमा प्रस्तुत गरिनु पनि उपर्युक्त नहुने विचार व्यक्त गरे । यसैगरि प्रा.डा. जीवेन्द्रदेव गिरीले भाषा साहित्यको सेवा गर्दै जनप्रतिनिधिका रुपमा समेत उत्तिकै लोकप्रिय रहेकी सर्जक अनिता लामालाई रचना वाचन गर्ने उपर्युत अवसर प्रदान गरेकोमा नागार्जुन वाङ्मय प्रतिष्ठानको मुक्तकण्ठले प्रसंशा गर्दै रचना वाचन गरेका थिए ।

सो अवसरमा स्रष्टा विशेषका रुपमा रहेकी कवि अनिता लामाले २०४६ साल देखिको आन्दोलनको जगमा प्राप्त उपलब्धिले अहिले पनि जनता आस्वस्थ हुन नसकि रहेको परिप्रेक्ष्यमा आफूले आसा उमार्ने जगाउने र उज्यालो भविष्यको प्रतिबिम्बित गर्ने अभ्यास गर्ने तथा एक जनप्रतिनिधिको रुपमा कार्यान्वयन गर्ने तहमा रहेकोले निराशाजनक सृजना प्रस्तुत नगरिएको बताउँदै समिक्षाका क्रममा प्राप्त उत्साहवर्धक प्रतिक्रियाका लागि अनि मञ्च प्रदानका लागि नागार्जुन वाङ्मय प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गरिन् । उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले अभ्यागतहरुमा हार्दिक व्यक्त गर्दै प्रतिष्ठानले भाषा कलालाई सम्वर्द्धन गर्ने नियमित प्रयासमा आगामी दिनमा धर्म र दर्शनका बारेमा प्रशिक्षण गर्ने अभियानको थालनी गर्न लागेको घोषणा समेत गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा धनप्रसाद सुवेदी र श्रष्टा विशेष कवि अनिता लामा समेत २ जनालाइ नागार्जुन वाङ्मय सम्मान – २०८१ द्वारा सम्मान गरिएको थियो । यसैक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित वाङ्मय सौरभ स्रष्टा विशेष,प्रमुख ख अतिथि विशिष्ट अतिथि लागायतलाई प्रदान गरिएको थियो ।

कविहरु कृष्णप्रसाद पौड्याल, भावकेशर बराल,गङ्गा खतिवडा,पार्वती भट्ट,सन्जय सोती,रुबी सत्याल, इन्दिरा निरौला,बलराम विष्ट,लब खड्का, रामप्रसाद सापकोटा, नवीन पल्लव, मिशन अधिकारी, शिवहरी पाण्डे,महेशप्रसाद सिलवाल, राजेन्द्रकुमार बर्तौला,शुसान तामाङ लगायतले विभिन्न भावका कविता सुनाएका थिए ।

माधव घिमिरे ‘अटल’र युवराज नास्तिकद्वारा संयुक्त रुपमा संचालन गरिएको कार्यक्रममा टिभी पत्रकार राजनप्रसाद न्यौपाने लगायत संचारकर्मीहरु लोकमणि रिजाल, गंगाप्रसाद भेटवाल,बिष्णु भण्डारी समेतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend