logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पत्रकारको ओलीलाई प्रश्न : प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो ?


  • जन आकाश
  • शुक्रबार, मंसिर २१ २०८१

काठमाडौँ । चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधे–प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो ? प्रधानमन्त्रीले धेरैको अनुमान विपरीत भारत भ्रमण नगरी पहिला चीन भ्रमण गरेपछि पत्रकारहरूले कार्यकालबारे प्रश्न गरेका थिए ।



पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पटक-पटक भन्दै आएको बताए । उनले डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ८४ को चुनाव पनि उनैले गराउने  बताए ।

‘अब १८ महिना म सरकार चलाउँछु, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend