logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति गगन थापाबीच भेटवार्ता


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिस्रीले कात्तिक १९ गते बिहीबार थापासँग भेटवार्ता गरेका हुन् ।



बत्तिसपुतलीस्थित द्वारिका होटलमा बिहीबार दिउँसो भएको भेटवार्तामा दुई पक्षबीच समसामयिक राजनीतिक विषय तथा नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापाले भारतीय उच्च पदस्थ अधिकारीसँग गरेको यो पहिलो द्विपक्षीय भेटवार्ता हो ।

कांग्रेस सभापति थापासँग भेट गर्नुअघि भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए ।

त्यसैगरी, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका मिस्री बिहीबार नै स्वदेश फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend