logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर निष्काशन गर्ने


  • जन आकाश
  • शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००/- अंकित दरका रु.३५,३८,६०,५००/-रकम बराबरको ३५,३८,६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।



उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गर्नुभएको छ ।

युनियन मेवा हाइड्रोले ताप्लेजुब जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend