जन आकाश
काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुस १४ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौँमा सम्पन्न फेडरेशनको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।
काठमाडौँमा बसेको आम ट्रेड युनियन फेडरेशनको सचिवालय बैठकले ‘नेपालमा रहेका घरेलु कामदारको पक्षमा कानुन ल्याउन तथा विदेशमा रहेका मजदुरलाई ट्रेड युनियनको हक दिलाउन’ सशक्त सङ्घर्ष अगाडि बढाउने गरेको निर्णय गरेको हो ।
उक्त बैठकले पार्टी स्थापना दिवसको अवसरमा सरकारको कर आतंकको विरुद्ध पौष १४ गते काठमाडौँमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । शिव थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख आतिथि पार्टी अध्यक्ष प्रभु साह, पार्टी वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायत नेताहरूको पनि सहभागिता रहेको थियो ।
सो बैठकमा अध्यक्ष साहले घरेलु कामदारको लागि कानुन ल्याउन सरकारसमक्ष माग गरेका छन् । नेपालमा अहिलेसम्म घरेलु कामदारको लागि कानुनको उचित प्रबन्ध नगरिएको भन्दै सरकारले ढिला नगरी ती घरेलु कामदारको हकहित रक्षाको लागि कानुन ल्याउनुपर्नेमा साहको जोड थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend