जन आकाश
काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ ।
आज फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले NAMMI को इलेक्ट्रिक कार जित्न सफल भएका छन् । पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो ।
इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट गरेको हो । सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रम इसेवाका ब्राण्ड प्रवद्र्धकको रुपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हाँस्यव्यङ्य कलाकार सुमन कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
२०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, iphone 16, iphone 16 pro जस्ता मेगा उपहारहरुका साथै बम्परमा NAMMI को इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो ।
इसेवा महा–उत्सवमा सहभागी भई NAMMI कार जित्नका लागि इसेवा मार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, रु.१०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई iphone 16 जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो ।
इसेवा महा–उत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ ।
सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले रु. १०० को खेलमा iphone 16 जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः रु. ५०,०००, रु. २५,००० र रु. १५,००० हात पारेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend