logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा   


  • जन आकाश
  • मंगलबार, पुष २ २०८१

काठमाडौं । ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरू १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ ।



२०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटककोे दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ ।

सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीरू यस वर्षको प्रस्तावको लागि योग्य थिए ।

ब्रिटिश काउन्सिल फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो । यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो । सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन्। दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् ।

एप्पल म्याकबुक एर विजेताहरू – मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू – क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य अस्ट्रेलियाको एकतर्फी टिकट विजेता – अनमोल खड्का अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरेका छन्।

प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend