जन आकाश
काठमाडौं । भारत मोविलिटीका सन्दर्भमा नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु विच काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।
सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सीयाम)का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरी विच रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्सपोको सम्बन्धमा विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।
उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवद्र्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताउनु भयो ।
यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चस (सियाम) को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्धारिका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर शो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend