logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने


  • जन आकाश
  • मंगलबार, पुष ९ २०८१

काठमाडौं । दराज १.१ न्यू इयर मेगा सेलमा उपलब्ध बेष्ट बाइज् मार्फत गर्नुहोस् रोमाञ्चक फ्ल्याश सेल, आकर्षक छुटहरू र रु. २.५ करोड बराबरको भाउचरहरूनेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ ।



१.१ न्यू इयर मेगा सेल, १० पौष २०८१ देखि २१ पौष २०८१ सम्म चल्नेजानकारी दिइएको छ । यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७०% सम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र रु. २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ ।

दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मकोछुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल
अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

मेगा सेल, केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६०% सम्म छुटका साथै बजेट बाइज्अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend