logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पुराना दल नसच्चिए जनताले राम्रो जवाफ दिन्छनः संसद परियार


  • जन आकाश
  • आइतबार, पुष १४ २०८१

इनिश बुढाथोकी 
रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टीको मन्थली नगरपालिका भेला कार्यक्रमको प्रमुख अतिथिको रुपमा आएका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मन्थलीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा नेपाली काँग्रेस, एमाले लगायत पुराना दल राजनीतिक दल भनेर लेखिए पनि राजनीतिक दल नभएको बताएका छन् ।



पार्टी सभापति रवि लामिछानेको अभियोगको विषयमा अदालतमा मुद्दा विचाराधिन रहेको हुदा त्यता पर्टी बोल्न उचित नभएको तर यति चै भन्नेपर्छ रास्वपा विधिको साशन, सवैधानिक लोकतन्त्रको मान्ने पार्टी भएको हुनाले सम्माननीय अदालतले न्यायमा निष्पक्ष छानविन गरी फैशला गर्छ भन्ने विश्वास छ । तपाई हामीलाई थाहा छ आम जनतालाई थाहा छ । पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साधिएको कुरा जनताले नै भनिराख्नु भएको छ । जनताले आरोप लगाएकै जसरी फैशला आयो भने त्यसको जवफ जनताले दिनेछन् ।

संसद परियारले अर्को विगतका पार्टीका अग्रजहरुले गरेको ्त्याग, तपस्या सर्घष विर्सन हुदैन भन्दै रामेछापका स्वर्गीय साहित्यकार जगदिश घिमिरेका साहित्य पढेर हामीहरु प्रेरित भएको, यहि जिल्लाका कृष्णलाल, गंगालाल,पुष्पलालहरुको योगदान विर्सन हुदैन भन्दै त्यो त्यतिवेलाका लागि त्यहि ठिक थियो । तर आजको युगले धेरै परिवर्तन मागेको छ । विगतका सहिदहरुले गरेका योगदानलाई काँगे्रस एमालेले दुरुपयोग गरेकाछन् । त्यसकारण उनिहरुवाट परिवर्तन र जनताको हित हुन नसक्ने उल्लेख गरे । मन्थलीमा रहेको विमानस्थलले मन्थलीको विकासमा टेवा पुगेको तर स्थानीयको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्ने स्थानीयको गुनासो याहा पूर्व वक्ता मित्रहरुले गर्नुभयो । यस विषयलाई म सम्बन्धित निकायमा पहल गर्नेछु भनि स्थानीयलाई आस्वस्थ पारे । राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सदस्यहरुलाई जो योजना भिजन र दक्षताको आधारमा जान्नेलाई छान्ने भन्ने नीति अनुसार नै आज नगर समितिमा आउनुहुने कार्यसमितिलाई अग्रीम बधाई र शुभकामना दिएका थिए ।

त्यसैगरी विशेष अतिथिको रुपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण बिभाग सचिव कमल सुवेदीले हामीले राजनीतिवाट कमाउन आएका होइनौ । विगतमा हामी पैशानै कमाउने हो भने अरुनै क्षेत्र छदैथिए । तर सवै कुरा छाडेर समाज रुपान्तरणको लागि रास्वपामा धेरै दिग्गज व्याक्तित्वहरु ऋाउनु भएको छ । पार्टीले जनताको पक्षमा राष्ट्रको पक्षमा काम गरेरहिको कुरा घाम जतिकै छर्लङग छ भनि सम्वोधन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला सभापति रमेश रायमाझीले गरेका थिए ।

उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, अतिथि लगायतलाई स्वागत मन्तव्य रमेश खड्काले गरेका थिए । सोहि कार्यक्रमको अवसर पारेर रामेछाप जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति मोहन कार्कीले आफैले लेखेको कृपज नामक कृति प्रमुख अतिथि र विशेष अतिथिलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सन्चालन जिल्ला सचिब दिल बहादुर थापाले गरेका थिए।

मन्थली नगरभेलाको आयोजना भव्य प्रचार प्रसार गरी प्रमुख अतिथि, विशेष अतिथिकोलाई रामेछाप जिल्ला समितिका पदाधिकारीहरुले मन्थलीको भैसेमा स्वागत गरी बाईक रयाली सहित नगरपरिक्रमा गरेका थिए । कार्यक्रम हाटेचौरस्थित तिनलालपार्कमा भएको थियो ।

नगरभेलामा आकांक्षीहरु धेरै भएपनि उनिहरुको योजना र तर्कहरु राख्न लगाई क्षमताको आधारमा नगर समिति चयन गरिएको थियो ।

एघार सदसीय मन्थली समितिमा सर्वसहमत पदाधिकारीहरुको नामावली यस प्रकार छ ।
सभापतिः प्रविन खड्का
उपसभापतिः कृष्ण प्रा. पौडेल
सचिवः दिव्य ढुङगेल
सह–सचिवः प्रचन कुमार तामाङ
कोषाध्यक्षः अनुषा खत्री
सदस्यहरुः धन बहादुर बुढाथोकी, पदम ब. खत्री, भुपाल थापा, इनिश बुढाथोकी, कुमार सोडारी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend