जन आकाश
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ।
भवन निर्माणको शुभारम्भ गर्दै बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार भूमिपूजा गरेका छन्।

बैंकका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने भवन १२ तलाको हुनेछ। भवन निर्माणमा आधुनिक इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई प्राथमिकता दिइने अध्यक्ष ढकालले जानकारी दिएका छन्।
उनका अनुसार जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राख्दै निर्माणमा ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिनेछ।
त्यस्तै, भवनमा वर्षाको पानी संकलन तथा पुनःप्रयोग गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ), सौर्य ऊर्जा प्रणाली र दुई तहको फराकिलो भूमिगत पार्किङको व्यवस्था गरिनेछ।
आधुनिक प्रविधि र वातावरणमैत्री संरचनासहित निर्माण हुन लागेको उक्त भवन बैंकको कर्पोरेट कार्यालयका रूपमा प्रयोग गरिने जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend