logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

इनम सापकोटाको कनेक्सनबारे अनुसन्धान हुँदैछ, अहिले नै धारणा सार्वजनिक गर्दैनौँ : प्रहरी


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका इनम सापकोटाको सम्पर्क सर्वोच्च अदालतका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय तथा प्रहरीका उच्च अधिकारीहरूसँग देखिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।



सापकोटामाथि अनुसन्धान जारी रहेकै बेला प्रहरी अधिकृतहरूसँगको सोधपुछका क्रममा उनले बोलेको भनिएको अडिओलगायतका सामग्रीसमेत सार्वजनिक भएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्ध देखिएपछि पक्राउ परेका सापकोटाबारे अनुसन्धान भइरहेको काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले जानकारी दिए।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी घिमिरेले उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।

अनुसन्धान पूरा नभएसम्म प्रहरीले यसबारे कुनै धारणा सार्वजनिक नगर्ने स्पष्ट पार्दै उनले भने, ‘अनुसन्धान सकिएपछि हामी देखिएका विषय सार्वजनिक गर्छौं।’

सार्वजनिक भएको अडिओ कसरी र कुन माध्यमबाट बाहिरियो भन्ने विषय पनि अनुसन्धानकै पाटो रहेको घिमिरेले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend