logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न पत्रकार महासङ्घको राष्ट्रपतिसँग आग्रह


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं। नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।



महासङ्घका अध्यक्ष निर्मला शर्मासहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानबारे ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा महासङ्घले अध्यादेशमा समावेश गरिएका व्यवस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिलाई जानकारी गराउँदै त्यसलाई जारी नगर्न आग्रह गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend