जन आकाश
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघ २०७४ सालमा विभिन्न बस्तुगत तथा क्षेत्रगत १९ वटा व्यवसायी संघहरुको संलग्नतामा बनेको महासंघ हो । उल्लेखित व्यवसायी संघहरुको आवश्यकता र समस्यालाई ध्यानमा राखेर संघहरुको पहल र प्रयासमा नै यो महासंघको जन्म भएको हो । साना तथा मझौला व्यवसायीहरु प्रती अर्थमन्त्रालय तथा सम्बन्धीत सरकारी निकायहरुको दृष्टिकोण त्यती सकरात्मक नभएको र प्रत्यक्ष पहुच समेत नरहने गरेकोले यस क्षेत्रको आवाज र आह्वानलाइ राज्य स्तरसम्म परयाउने र सम्बन्धीत निकायलाई समस्या समाधानका लागि झक्झक्याउने एवं दवाब सिर्जना गर्ने गराउने नै यस महासंघको निति तथा कार्यक्रम रहेको छ ।
यस नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्नो तेस्रो कार्यकालको लागि सातौं साधारण सभा तथा तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन कार्यक्रम नेपाल सरकारका पुर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोे प्रमुख आतिथ्यतामा, राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा गर्न गइरहेको ब्यहोरा जानकारी गराउँन चाहन्छौं । उक्त कार्यक्रममा अन्य विभिन्न ब्यवसायीक महासंघ, संघसंस्था, लब्ध प्रतिष्ठीत व्यक्तीत्वहरु एवम् विभिन्न सरकारी निकायका प्रमुखज्यूहरुको सहभागिता रहने छ।
काठमाडौं उपत्यकाका विभिन्न बस्तुगत तथा क्षेत्रगत १९ वटा संघहरुको छाता संगठन यस महासंघले साधारण सभा तथा अधिवेशनका लागि आफ्नो सम्पुर्ण तयारी सम्पन्न गरी कार्यक्रमलाई भब्य र सभ्य बनाउन सबै घटक संघहरु जिम्मेवार भइ लागि पर्नु भएको पनि यहाँहरुको माझमा राख्न चाहन्छौ । हाल काठमाडौँ क्षेत्र भित्र मात्र सिमित रहेको यो महासंघ प्रदेश र जिल्ला स्तरसम्म नै क्षेत्र विस्तार गर्ने कार्ययोजना अनुरुप विधान संसोधन गरी सकेको छ ।
आगामी कार्यकालमा यसले पुर्णता पाउने छ नेपाल राष्ट्रिय व्यावसायी महासंघको विधान २०७४ तथा नेपाल सरकारको निर्वाचन प्रणालीले निर्दिष्ट गरे बमोजिम नै निर्वाचन सम्बन्धी प्रकृया अघि बढाइएको छ । सोही बमोजीम निर्वाचन कार्य सुसम्पन्न गर्न अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छौं ।
निर्वाचन समितिले आफनो कार्यभार तथा जिम्मेवारी सम्हाल्दै निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरीसकेको छ भने कार्यतालिका अनुरुप अन्तिम मतदाता नामावली प्रकाशन गरी सकेको व्यहोरा उल्लेखन गर्न चाहन्छौं । निर्वाचन समितिले विधान मर्म अनुरुप कुल ९० पदका लागि उम्मेदवारी दिने मिति २०८१ पुस १५ गते रहेको र दावी विरोध
पहचान अन्तिम उम्मेदवारको नामावधी १ ते ३।३० बजे प्रकाशन गर्नेछ । एउटा पदमा २ मा सी भन्दा बढीको उमेदवारी परेमा प्रक्रियाबाट निर्वाचीत गरिनेछ । उक्त कार्यक्रम समुदघाटन समारोह पश्चात श्री राम निर्वाचन समितिले जानकारी गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend