जन आकाश
काठमाडौँ । कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन् ।
उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् ।
विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend