जन आकाश
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्।
दसैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारलाई जोड्दै सञ्चालन गरिएको यस अभियानअन्तर्गत देशका विभिन्न सहरका उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका हुन्। सुर्खेतदेखि जनकपुर, बनेपादेखि बुटवल तथा धनगढीदेखि वीरगञ्जसम्मका विजेता सार्वजनिक भएसँगै अभियानप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।
पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। त्यस्तै, धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका विजेता बनेका छन्।
यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। यसका अतिरिक्त एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन्।
अर्थात्, अभियानमा मोटरसाइकल, स्कुटर र कार गरी कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन्। तीमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन्।
‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन भइरहेको यस अभियानले उपभोक्तालाई पुरस्कार जित्ने अवसरसँगै उत्साह र अविस्मरणीय अनुभव प्रदान गरिरहेको कम्पनीले जनाएको छ।
देशका विभिन्न सहरबाट विजेता सार्वजनिक हुँदै जाँदा अभियानप्रति उपभोक्ताको चासो थप बढ्ने कम्पनीको विश्वास छ। अब सबैको चासो बम्पर पुरस्कारस्वरूप राखिएको प्रोटोन कार कसले जित्ला भन्नेमा केन्द्रित भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend