logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

दैलेखको दुल्लु अस्पतालमा दन्त उपचार सेवा सुरु


  • जन आकाश
  • शुक्रबार, पुष १९ २०८१

बिनोद नेपाली
काठमाडौं– दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा दाँतको उपचार सेवा सञ्चालनमा आएको छ ।



पुस १९ गते एक कार्यक्रमको आयोजना गरी यो सेवाको औपचारिक उद्घाटन दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

दुल्लु नगरपालिकाको आर्थिक सहयोग र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत दन्त चिकित्सकको सहकार्यमा सेवा सुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस सेवाबाट दैलेख जिल्लामा बसोबास गर्ने सर्वसाधारणलाई गुणस्तरीय दन्त उपचार पहुँचमा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख भरत रीजालले बताएका छन् । उनले दन्त समस्या झेलिरहेका बिरामीहरूका लागि अब विशेषज्ञस्तरको सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend