जन आकाश
कर्णाली प्रदेश सभा बैठक माघ ७ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस
काठमाडौं । माघ ७ गते कर्णाली प्रदेश सभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भूमि व्यवस्था कृर्षी तथा सहकारी मन्त्री बिनोद कुमार शाहले जानकारी दिए ।
यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो ।
प्रदेश सभाको हिउँदे अधिवेशन समयमै सञ्चालन हुँन नसक्दा महत्त्वपूर्ण विधेयकहरू अगाडि बढ्न सकेका छैनन् ।
प्रदेश सभाका चार वटा संसदीय समितिमध्ये तीन वटा समिति विगत ६ महिनादेखि नेतृत्वविहीन छन् ।
प्रवक्ता शाहका अनुसार शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना पनि स्वीकृत गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend