logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

श्रमिक कम्युनिस्ट पार्टी नेपालले मनायो २९ औं बेथान स्मृति दिवस


  • जन आकाश
  • शनिबार, पुष २० २०८१

oplus_2

रामेछाप । रामेछापको बेथान प्रहरी चौकी कब्जा गर्ने क्रममा २०५३ साल पौष १९ गते बेथानस्थित पानी घट्टमा सहिद भएका फत्त बहादुर स्माइली मगर, तिर्थ गौतम, दिलमाया बम्जनको स्मृतिमा श्रमिक कम्युनिस्ट पार्टी नेपालले एतिहासिक बिरता दिवस यसको एतिहासिकता तथा विचार गोष्टिको आयोजना गरी मन्थलीमा सम्पन्न गरेको छ।



उक्त कार्यक्रम सिता गौतमको अध्यक्षतामा सोहि पार्टीकै संयोजक पुर्ण बहादुर सिहको प्रमुख अतिथिमा सोहि पार्टीकै अशोक सुवेदीले नेपालमा कम्युनिस्ट पार्टीहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा जिल्लाका पार्टीका प्रतिनिधि, विभिन्न सघ, सस्थाहरुलाइ निमन्त्रणा गरिएको भएपनि  राष्ट्रिय स्वतन्त्र पार्टीका उप- सभापति मोहन कार्की, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज उदवराज रम्तेल, बाम मोर्चाका रमेशकुमार बोहरा, र केहि सन्चारकर्मिको मात्रै सहभागीता रहेको थियो ।

अशोक सुबेदीद्वारा प्रस्तुत कार्यपत्रको उपस्थित व्यातित्वहरुले टिप्पणी गरेका थिए। कार्यक्रमको संचालन माधव गौतमले गरेका थिए। कार्यक्रम पर्यारलाग्दो भएपनि कार्यपत्रमा उल्लेखित विषय कम्युनिस्ट पार्टीको नेपालको इतिहास जस्ताको तस्तै उतारिको हुनाले अध्ययन गर्न चाहानेका लागि ओजिलो थियो।

स्मरण रहोस: नेपालमा भुरे, टाकुरे, डोके, फुङ्ले, नङ्ले कम्युनिस्ट पार्टी खोलेर समय ब्यतित गर्नेहरुको कमि नभएको बेला अर्को एउटा श्रमिक  कम्युनिस्ट पार्टी नामको पसल खुलेको रामेछापले पनि जानकारी पाएको छ। तर किन हो अचेल कम्युनिस्ट नाम जोडिएर आउने पार्टीहरु प्रति नत जनताको चासो छ नत समर्थन नै त्यसैले कम्युनिस्ट पार्टीहरु भनेका नेपालमा अराजक कामको लागि खुलेका हुन भन्ने जनताको बुझाइ छ। त्यसकारण नेपालका कम्युनिस्ट लेख्ने जत्तिले कोर्स करेशन गर्न तिर पो लाग्ने हो कि ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend