logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र हाम्रो पे लेनदेन सेवाबीच सम्झौता


  • जन आकाश
  • सोमबार, पुष २२ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।



यस सम्झौता पश्चात हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

लेनदेन सेवा प्रा. लि. को कार्यलयमा आयोजित कार्यक्रममा (SCT) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनोज घिमिरे र हाम्रो पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

स्मार्ट क्युआर (SmartQR) मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend