logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी सन्राइज बैंकको चौबिसौं वार्षिक साधारण-सभा सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष २४ २०८१

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।



साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend