logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

सोपान अध्ययन तथा अनुसंन्धान केन्द्रद्धारा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष २४ २०८१

काठमाडौ । सोपान अध्ययन तथा अनुसंन्धान केन्द्रद्धारा आयोजित क्षमता अभिबृद्धि कार्यक्रम यहि मितिः २०८१ साल पौष २३ गते काठमाडौको कार्की व्याङकेटमा सम्पन्न भएको छ ।




सोपान अध्ययन केन्द्रका अध्यक्ष बाशुदेव ढकालको सभापतित्वमा साथै नेपाल सरकारका पूर्व सचिब खेमराज नेपालको प्रमुख अतिथिमा कार्यक्रम शुरु भएको थियो । कार्यक्रमलाई दुई शेषणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । पहिलो शेषणमा प्रमुख अतिथिको रुपमा आएका नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै आफुले नेपाल सरकारको निजामती सेवामा रहदाको अनुभव सुनाउदै जापानमा जादा एउटा यस्तै क्षमता अभिबृद्धि कार्यक्रममा त्यहाका बैकका सिइओ, अन्य क्षेत्रका विज्ञहरु र अन्य दिग्गज व्यात्तित्वहरुको सहभागिता रहेछ । त्यहा एकजना नेपाली पनि विज्ञको रुपमा उक्त कार्यक्रममा आएका रहेछन् । उनले, मलाई सोधे नेपालमा गणतन्त्र आएको छ । तपाई उमेर गएको मध्यमा पर्नुहुन्छ । अव उपभोग कसरी गर्नुहुन्छ । ? तपाईको पुस्तालाई त गणतन्त्रले के गर्छ मतलव पनि नहोला अर्को गणतन्त्र स्थापना पछि नेपाल देशले के प्राप्त गरयो भन्ने प्रश्न मसँग राखे ।

मैले पहिलो प्रश्न त सजिलै उत्तर दिए तर दोस्रो प्रश्न भने सारै गहिरो र नेपालका युवाहरु गणतन्त्र स्थापना पछि पनि विदेश गईरहनु पर्ने गाउँ–शहर जाहा पनि युवा रित्तिदै गएको देखेको मैले उत्तर दिन नसकेर यिनै वास्ताविकता भनेको थिए ।

आज यस कार्यक्रममा उपस्थित भएर मैले यहाहरु समक्ष यो समसामयिक विषयमा कार्यक्रम राख्नु पनि निक्कै चुनौती छ । तर कार्यक्रम राखेर महत्वपूर्ण काम गर्नुभएको छ भनि आयोजकलाई हौशला प्रदान गरेका थिए ।

उनले आफ्नो अनुभवहरु सुनाउदै गर्भनेस भन्ने वित्तिक्कै गुड भनेर लेखिरहनु नपर्ने भाषाको ब्याख्या समेत गर्दै नेपालका नीतिगत भाषाहरु सामान्य मानिसले बुझ्न नसक्ने खालको छ । यो पनि परिमार्जन गरेर सामान्य मानिसहरुले बुझ्ने भाषामा बनाउन सुझाव दिएका थिए ।

अर्को प्रशंङगमा नेपालमा गणतन्त्र स्थापना भएको दश वर्ष पुग्न लाग्दैछ । हामीले विदेशवाट रेमिट्यान्स पठाएको भन्दा दोब्बर याही कमाउन सक्थ्यौ । मानवीय हितमा उत्पादनमुखी क्षेत्रमा लगानी गरेको भए । हाम्रो क्षमता विकास के हो ? त्यसमा ध्यान दिन सुझाव समेत दिएका थिए ।

कार्यक्रममा आतिथ्य ग्रहण गरिरहेका र क्षमता अभिबृद्धिमा सहभागीहरुलाई त्यस कार्यक्रमका अध्यक्ष तथा सोपान अध्ययन तथा अनुसंन्धान केन्द्रका अध्यक्ष बाशुदेव ढकालले सवैलाई कार्यक्रममा आइ कार्यक्रमको गरिमा बढाईदिनु भएकोमा धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन प्रस्तुती ढकालले गरेकी थिइन ।

पहिलो कार्यक्रमको शेषण सकिएपछि दास्रो शेषणमा सहभागीहलाई समाजमा सुशान कसरी आउछ भन्ने विषयमा दिग्गज आधाकारिक टे«ड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल, उपसचिव रुपनारायण खतिवडा, टे«ड युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाका पूर्व सचिव मोहन पन्तको टोलीले सुशानको विषयमा बहस गरेर कार्यक्रममा सचेतना जगाउनुका साथै आउदा पुस्तालाई उत्साहित बनाउने बहसहरु भएको थियो ।

प्राविधिक क्षेत्रवाट देशको समृद्धि विषयमा आइटी विज्ञ दिनेशराज कार्की, पुर्व कर्मचारी उद्धव प्रसाद दाहाल, जनआकाश मिडियाका अध्यक्ष तथा सञ्चारकर्मी मोहन कार्की लगायतले एआई केहो ? आजको युगमा एआईको प्रयोग कसरी भएको छ भन्ने विषयमा दिनेशराज कार्कीले प्रष्ट्याएका थिए । भने सञ्चार क्षेत्रमा प्रविधिक प्रयोग कसरी हुन्छ । धेरै भन्दा धेरै मानिसलाई सञ्चारमाध्यमवाट सूचना कसरी प्रर्वाह गर्न सकिन्छ भन्ने विषयमा मोहन कार्कीले उपस्थित प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए ।

प्रविधिक विषय विगतमा सरकारी क्षेत्र निजीमा कसरी प्रयोग भएको छ भन्ने विषयमा उद्ध प्रसाद दाहालले उल्लेख गरेका थिए ।सहगोत्री आचार्यले एआईको वारेमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा अइटी क्षेत्रका विद्यार्थीहरु, सञ्चारकर्मीहरु, मानव अधिकार वादीहरु, विकासवादी व्याक्तित्वहरु रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend