logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

‘केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • बिहिबार, पुष २५ २०८१

काठमाडौं  । ‘सिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।



५ मिनेट भन्दा लामो ट्रेलमार फरक पृष्ठमूमि र भूगोलका दुइपात्रबीचको मित्रता र उनीहरुको सम्बन्धमा आउने उचारचढावको कथालाई रोचक ढंगले पेश गरेको छ ।

फिल्मले पहाडी र मधेशी समुदायमा मेलमिलापको खोजीको कथा भन्ने ट्रेलरले संकेत गर्छ । आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रिना रिमाल, मदन ठाकुर, कौशल्या ठाकुर, रामनारायण ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, मनोज शाहलगायतको पनि अभिनय छ ।

स्पेसल अपियरेन्समा अमितेष शाह रहेका छन् । यसमा निर्देशक गौचन स्वयंको लेखन तथा निर्माण रहेकोछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend