logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गरिमा क्यापिटल लिमिटेडको नवौंं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष २६ २०८१

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले २०८१ साल पौष महिना २५ गते बिहिबारका दिन काठमाडौँ, बुढानीलकण्ठ स्थित लेमन ट्रि प्रिमियर होटलमा आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।



क्यापिटलका सञ्चालक समितिका अध्यक्ष  दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त नवौं वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएको जिज्ञासाहरुको अध्यक्ष  दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत  निर्मल भट्टराईले स्पष्ट पार्नु भएको थियो ।

सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्षहरु, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा शेयरधनीहरु महानुभावहरुको उपस्थिती रहेको थियो ।

नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव  अशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  अनिल रेग्मीले गर्नु भएको थियो ।

नवौं वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुमध्ये एक ९१० एक ९१० सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेको थियो ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा (Underwriting Services) लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य Depository Participant  (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी)  सेवा प्रवाह गर्दै आएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ ।

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend