जन आकाश
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको साझेदारीमा Alipay नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि NepalPay QR मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवा मार्फत Alipay+ प्रयोगकर्ताले कुमारी बैंकको Nepal Pay QR रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन । Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ ।
यस सम्झौतासँगै, नेपालमा उपलब्ध NepalPay QR र यसको interoperable QR लाई Alipay+ नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि Nepal Pay Q स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, NepalPay QR मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै Alipay, AlipayHK, Tinaba, MPay, Touch’n Go Wallet, MyPB, Hipay, GCash, Changi Pay, OCBC Digital, KakaoPay, Naver Pay, Toss Pay र True Money बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend