जन आकाश
काठमाडौ । आज राष्ट्रिय एकताका प्रतिक श्री ५ बडा महाराज धिराज पृथ्वी नारायण शाहको आज ३०३ औं जन्म जयन्ती धुमधामसँग मनाएको छ । काठाडौको सिंहदरवार अगाडी स्थापित पृथ्विनारायण शाहको सालिक रहेको स्थानमा सर्वसाधरणहरुको बाक्लो उपस्थितिमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा पगी माल्यार्पण गरी भव्य रुपमा मनाइएको हो ।
फोटोः मोहन कार्की

DCIM100GOPROGOPR0679.JPG
उक्त कार्यक्रममा सर्वसाधरणहरुले पृथ्वि नारायण शाहको सालिकमा फुल गुुच्छा, माला चढाएर राष्ट्रिय एकताका प्रतिकको रुपमा सम्झेका छन् । सर्वसाधरण स्वत स्फुर्त पृथ्वि नारायण शाहलाई सम्झिन पुगेका थिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्विनारयण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसर पारेर चियापान भेटघाट कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा राष्ट्रका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधव कुमार नेपाल लगायतका देशका उच्च पदस्थ व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । अन्तराष्ट्रिय निकायका र रसियाका राजदुत लगायत व्याक्तित्वहरुको उपस्थिति रहेको रहेको थियो ।
फोटोः मोहन कार्की

DCIM100GOPROGOPR0673.JPG
भृकुुटी मण्डपस्थित राप्रपाद्धारा आयोजित चियापान कार्यक्रममा नेपाली भेषभुुषा सहित कलाकारहरुले राष्ट्रिय एकताको प्रतिकलाई सम्मान गरेका छन् । सोही अवसर पारेर सोही स्थानभित्र रक्तदान कार्यक्रम पनि गरिएको छ । भने देशका बिभिन्न जातजातीहरुका सांस्कृतिक झाँकी समेत देखाईएको छ ।
फोटोः प्रदिप कुुमार श्रेष्ठ

फोटोः प्रदिप कुुमार श्रेष्ठ

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend