logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • सोमबार, पुष २९ २०८१

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते, थापागाँउ व्याबकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भयो ।



साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश -नगद लाभांशको कर समेत वितरण गर्ने निर्णय पारित भयोे । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट तीन जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट  एक सतिश गौतम गरि ४ जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित हुनु भयो ।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे  ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ  यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा गरी २७ वटा शाखा तथा एक बिस्तारितका उन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजारभन्दा बढी सन्तुष्ट ग्रा हकलाई सेवा पुर्याउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend