logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नबिन गौतम र यशु भट्टराईको अभिनयमा ‘भिसा हातैमा’ सार्वजनिक


  • जन आकाश
  • सोमबार, पुष २९ २०८१

काठमाडौं। मोड्ल नबिन गौतम र यशु भट्टराईको अभिनयमा ‘भिसा हातैमा’ बोलको गीत सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द,संगीत गोविन्द गौतमको रहेको छ भने चर्चित गायिका समीक्षा अधिकारी र गोविन्द गौतम स्वयमको आवाज रहेको छ ।

यस गीतमा देशमा भइरहेको युवा पलायन र त्यसले परिवारमा पारेको प्रभावको दर्दनाक कथा देखाइएको छ। गीतको भिडियोमा यशु भट्टराई र नविन गौतम मुख्य भूमिकामा देखिन्छन् भने गुणराज श्रेष्ठ, अन्जु चौलागाई, दीपक गौतम र करिना खड्काको पनि अभिनय रहेको छ।

प्रमोद के भण्डारीको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडियोलाई ‘मौलिक रोधीघर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend