logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

स्किल वीक २०२५ को समापन समारोहमा ४ जना स्किल हिरो अवार्डबाट सम्मानित


  • जन आकाश
  • बुधबार, माघ २ २०८१

काठमाडौं । स्किल वीक २०२५ छैठौं संस्करण समापन समारोह आज सोमबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो ।



कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीको उपस्थिति रहेको थियो ।

स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम बिभिन्न निकाय सँगको साझेदारीको लक्ष्य लिइ सिपमुलक रोजगारीका अवसर, बढदोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम जनवरी ६ देखि जनवरी १३ सम्म सन्चालन भएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, एवम बिज्ञान तथा प्रबिधी रहेका थिए ।

यसै बिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२५ उपाधीबाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भ अन्तर्गत, नेपाली गायक र गीतकार सुशान्त केसी लाई सम्मान गरिएको छ।

आफ्ना सुमधुर संगीत र अर्थपूर्ण गीतहरूसँग सुशान्त केसी नेपाली समकालीन संगीतका एक प्रसिद्ध कलाकार हुन्। उनका गीतहरूले प्रायः नेपाली र पश्चिमी प्रभावहरूलाई मिश्रण गर्छन्, जसले गर्दा स्थानीय र अन्तर्राष्ट्रिय श्रोताहरूको मन जित्न सफल भएका छन्। सुशान्तका गीतहरूले प्रायः व्यक्तिगत अनुभव, प्रेम, बिछोड, र भावनात्मक सम्बन्धलाई झल्काउँछन्। संगीतमार्फत् कथा भन्नसक्ने उनको क्षमताले उनलाई विश्वभरका श्रोताहरूको मनमा स्थान दिलाएको छ।

आमालाई समर्पित उनका चर्चित गीत “आमा“ ले धेरै मानिसको भावनालाई छुने काम ग¥यो र नेपाली संगीतमा एक अमर कृतिका रूपमा रहिरहनेछ ।

त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरो को रूपमा नेपाली सामाजिक उद्यमी र खालिसिसी म्यानेजमेन्ट प्रा. लि. की संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसी लाई सम्मान गरियो। खालिसिसीले फोहोर बेच्ने व्यक्तिहरूलाई १३,००० भन्दा बढी फोहोर उद्यमीहरूको सञ्जाल, जसलाई “खालिसिसी फ्रेन्ड्स“ भनिन्छ,सँग जोड्ने काम गर्छ, जसले नेपालमा कुशल पुनःप्रयोग र फोहोर व्यवस्थापनलाई सहज बनाएको छ ।

२०१८ मा, आयुषीलाई फोब्र्सको ३० अन्डर ३० एसिया सूचीको सामाजिक उद्यमी वर्गमा समावेश गरिएको थियो। साथै, २०१९ मा उनलाई सामाजिक उद्यमशीलताको क्षेत्रमा योगदानको कदर गर्दै एशिया सोसाइटीको २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend