logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

गोकुलगंगा युवा सञ्जालद्वारा भेटघाट कार्यक्रम आयोजना


  • जन आकाश
  • बुधबार, माघ २ २०८१

काठमाडौं । गोकुलगंगा युवा सञ्जालले रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका स्थायी ठेगाना भएका र हाल काठमाडौमा बसोबास गर्ने सम्पूर्ण युवा तथा सरोकारवाला व्यक्तिहरूसँग चियापान तथा भेला कार्यक्रम आयोजना गर्ने भएको छ ।



उक्त कार्यक्रम रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका स्थायी बसोबास गर्ने, हाल काठमाडौमा रहेका सम्पूर्ण युवा तथा सरोकारवाला व्यक्तिहरूसँग सम्बन्धित हुने छ ।

युवाहरूको सामाजिक र सामुदायिक योगदानलाई प्रोत्साहन गर्न र एकआपसमा समन्वय तथा विचारविमर्श गर्न उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम आगामी दिनमा गोकुलगंगा गाउँपालिकामा हुने विकासका कार्यहरूमा महत्वपूर्ण भूमिका खेल्ने गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काले बताएकाछन् ।

कार्यक्रममा युवाहरूका लागि विभिन्न विषयमा छलफल हुने जनाइएको छ । यस कार्यक्रमको प्रमुख छलफलका विषयहरूमा गोकुलगंगा गाउँपालिकामा युवाहरूको भूमिका, यस क्षेत्रका सामाजिक कार्यहरूमा युवाहरूको सक्रियता, र संस्थाको सदस्यता वितरण प्रक्रियाबारे चर्चा गरिनेछ । यसका साथै, काठमाडौँमा रहेका गोकुलगंगा युवा सञ्जाल उपसमितिका कार्यहरू र त्यसको भविष्य योजना विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।

कार्यक्रमको उद्देश्य एकै स्थानमा भेला भएर युवाहरूको विचार र योजना साझा गर्नु हो, जसले गोकुलगंगा गाउँपालिकामा भबिष्यमा गर्नुपर्ने विकासात्मक कार्यहरूलाई प्राथमिकतामा राख्न मद्दत पुर्याउनेछ । यस बैठकले काठमाडौँमा रहेका गोकुलगंगा गाउँपालिकाका युवा र सरोकारवाला व्यक्तिहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने र एकअर्कासँगको सहकार्यलाई प्रोत्साहन गर्ने अवसर पनि प्रदान गर्ने युवा सन्जालले बताएको छ ।

मिति २०८१ /१० /  ५ गते ( INDRENI STICK FOOD CAFE )  तिनकुनेमा सार्वजनिक रुपमा सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend