logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

बलिउड अभिनेता सैफ अली खानमाथि अज्ञात व्यक्तिल गरे चक्कु प्रहार


  • जन आकाश
  • बिहिबार, माघ ३ २०८१

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ ।



बिहीबार बिहान साढे २ बजे उनको घरमा पसेको अज्ञात व्यक्तिले उनको गाला, पिठ्यूँ, हात र टाउकोमा चक्कु प्रहार गरेको भारतीय मिडियाले जनाएका छन् । उक्त घटनापछि सैफलाई लिलावती अस्पतालमा लगिएको थियो । त्यहाँ उनको सर्जरी गरिएको छ ।

लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीका अनुसार सैफमाथि ६ पटक चक्कु प्रहार गरिएको छ । तीमध्ये दुईवटा घाउ गहिरो छन् । मेरुदण्ड नजिकै समेत घाउ रहेको उनले बताएका छन् । यद्यपि, उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको जनाइएको छ । सैफमाथि भएको घटनालाई लिएर प्रहरीले छानबिन सुरु गरिसकेको छ ।

प्रहरीका अनुसार एक व्यक्ति गए राति सैफको घरमा पसेर पहिले उनको घरेलु कामदारसँग झगडा गरेका थिए । जब ती व्यक्तिलाई सैफले शान्त पार्न खोजे, त्यसबेला उनीमाथि आक्रमण भएको जनाइएको छ । उक्त घटना लुटपाटको लागि भएको हुनसक्ने प्रहरीले प्रारम्भीक निष्कर्ष रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend