logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

युवालाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित


  • जन आकाश
  • सोमबार, माघ ७ २०८१

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।



कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको हो ।

चितवनको भरतपुर-११ बसेनी चोकमा असइ भुजलले एक युवकलाई लात्तीले हानेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो ।

लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend