जन आकाश
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सलाई पराजित गर्दै अंकतालिकामा महत्वपूर्ण छलाङ मारेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको हो।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाउँदै कर्णालीसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सुदूरपश्चिमका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलनले २४ र इशान पाण्डेले २३ रनको योगदान दिएका थिए। थरिन्दु रत्नायके २२ रनमा अविजित रहे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend