logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पेमा उडान मेला आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक


  • जन आकाश
  • मंगलबार, माघ ८ २०८१

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ उडान मेला  नामक योजना सार्वजनिक गरेको छ।



माघ २ गतेबाट सुरु भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा रु. ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

योजनामा नियमित ग्राहकहरुले sVE100 प्रोमोकोड राखेर रु. १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले FIRSTFLY  प्रोमोकोड राखेर रु. ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन्।

हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा Have Promocode सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै, उडान मेला ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend