logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

कर्णाली सरकारप्रति कांग्रेसमा असन्तुष्टि,


  • जन आकाश
  • बिहिबार, माघ १० २०८१

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।



सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता शाहीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई बर्खास्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

‘यो सरकार निरन्तर हुने हो भने भौतिक पूर्वाधारमन्त्रीको स्थिति के हुने हो र एउटा दलको नेताको फोन नउठाउने र के गर्छ भन्ने र त्यो मन्त्रीलाई बर्खास्त नगर्दासम्म हामी सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्री ज्यू र प्रदेश सभामा बोल्दै शाहीले भने ।

उनले प्रमुख सत्ता साझेदार र संसदको ठुलो दलको नेतालाई अपमान गरिएको भन्दै गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने समेत चेतावनी दिए ।

प्रदेश सभालाई ४० मिनेट सम्बोधन गरेका शाहीले मुख्यमन्त्री यामलाल कँडेल र सरकारप्रति चर्को आक्रोश पोखे ।

पहिले कांग्रेस–माओवादीको गठबन्धनको सरकार अपवित्र भन्ने मुख्यमन्त्री अहिले कांग्रेससँग एमाले मिलेर सरकार सञ्चालन गर्दा पवित्र भयो त र भन्दै मुख्यमन्त्री कँडेललाई समेत प्रश्न गरे ।

‘म यहाँ भएको भए गठबन्धन के हुन्थ्यो थाह छैन,’ उनले भने, ‘हामी सबै दास भयौं, दलका नेताका दास भयौं, संघीयता यसरी कसरी कार्यान्वयन हुन्छ र हामीले हाम्रो निर्णय गर्न नपाउने सबै माथिकै नेताले निर्णय गर्दिनुपर्ने हामीले मान्दिनुपर्ने

कांग्रेस प्रदेश सरकारमा गएको फाइदा भएन भन्ने गुनासो मात्रै सुन्नुपरेको भन्दै उनले सरकार र सांसदले कानुनसम्मत कुरालाई समेत अड्काएको टिप्पणी गरे ।

‘सरकार अविच्छिन्न उत्तराधिकारी संस्था हो, तर यहाँ नेतृत्वपिच्छे योजना काट्ने काम भएको छ,’ उनले भने ।

उनले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए । ‘प्रदेश सभा कसको छायामा परेको हो र सभामुख र सचिव र सभामुख उपसभामुखबीच बोलचाल छैन, सचिव उपसचिवबीच बोलचाल छैन  यस्तो तरिकाले संसद् चल्छ  भन्दै उनले प्रश्न समेत गरे ।

उनले पहिलो सरकारले ल्याएको योजनाको अपनत्व अर्को सरकारले लिनुपर्नेमा अहिलेको सरकारले त्यसो नगरेको बताए ।

उनले पहिले सम्झौता गरेको ८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताए । ‘म त कारबाही भोग्न तयार छु, हटाउला, हैन भनेपछि अख्तियारमा हाल्लान्  कठै बिचरा १ मेरो प्रमुख सचेतकले यहाँबाट अख्तियारका विषयमा बोल्दा किन बोलेको  कारबाहीमा परिएला रे  अब उपरान्त यस्तो कुरा भयो भने राम्रो हुँदैन’ उनले भने ।

शाही बोल्नु अघि मुख्यमन्त्री कँडेलले सरकारले गरिरहेका कामबारे फेहरिस्त पेस गरेका थिए ।

लगत्तै बोलेका शाहीले वाइडबडी कान्डमा आफू मुछिएका विषयमा स्पष्ट पारे । ‘यो कान्डमा मलाई जेल नै गइदिहोस् भनेर प्रदेश परिसरमा निकै बदनामसम्म गराए,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend