logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड बिच सम्झौता


  • जन आकाश
  • शुक्रबार, माघ ११ २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पा बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा यो विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।



यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५%, आईसीयु, शल्यक्रिया तथा एक्स रे यु.एस.जी.मा १०%, र ल्याब टेस्टमा ५% सम्म छुट प्रदान गरिनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend